सीमा नजिकै पुगेर अमेरिकी नौसेनाले दियो चीनलाई खुलेआम युद्धको चुनौति

Navy US warships

जेठ ११, एजेन्सी – युद्धको लागी चीनलाई अमेरिकी नौसेनाले खुलेआम चुनौति दिएको छ ।  अमेरिकी नौसेनाको युद्धक पानीजहाज चिनिया समुन्द्र नजिकै पुगेर चीनलाई युद्धको चुनौति दिएको हो ।

हालै मात्र विविदित साउथ चाइन सीको सीमाको करिव १२ न्युटिकल माइल (२२.२५ किमि) नजिकै अमेरिकी नौसेनाको युद्धक जहाज पुगेर चीनसँग युद्धको लागी तयार रहेको संकेत दिएको अन्तराष्ट्रीय समाचार संस्था रोयटर्सले जनाएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकाले चीनलाई पहिलो पटक यस्तो चुनौती दिएको वुधबार अमेरिकी अधिकारीहरुले जनाएका छन ।

‘फ्रीडम अफ नेभीगेशन’ नाम दिइएको उक्त अपरेशन पछि अमेरिकी नौसेनाले चीनलाई क्रोधित बनाएको विश्लेषण गरिएको छ ।

तर यस भन्दा अघि कोरियाली प्रायद्धिपको द्धन्द्धमा भने अमेरिका र चीन एकसाथ सहकार्य गरेर अगाडी वढेका थिए ।

south-china-sea-600x

जानकारीको अनुसार गएको वर्ष एक अन्तराष्ट्रिय अदालतले साउथ चाइना सीमा चीनको कुनै एतिहासिक अधिकार नरहेको फैसला सुनाएपछि त्यस क्षेत्रमा चीन विरुद्ध अमेरिकाको यो पहिलो नौ सैनिक अपरेशन हो ।

यस सम्वन्धमा चीनले कुनै प्रतिकृया जनाएको छैन ।

जापान, फिलिपिन्स आदि देशहरुले पनि दावा गर्दै आएको साउथ चाइना सी (दक्षिण चिनिया समुन्द्र)को माथी गएको हप्ता मात्रै  एक अमेरिकी सैनीक विमानलाई चिनिया लाडाकु विमानले लखेटेको थियो ।

प्रतिकृया