चीनको सिमा नजिकै भारतीय वायुसेनाको युद्धक विमान बेपत्ता, चीनले आक्रमण गरेको आशंका

indian air craft

जेठ ९, नयाँ दिल्ली – भारतीय वायुसेनाको युद्धक विमान सुखोई-३० उडान भरेको केही समय पछि चीनको बोर्डर नजिकै बेपत्ता भएको छ ।

भारतीय मिडिया जी न्युजको अनुसार दुइ पाइलट सवार उत्त युद्धक विमान आसामको तेजपुरबाट उडान भएको थियो । मंगलबार बिहान १०:३० बजे उडेको सुखोई-३० त्यसको ३० मिनेट पछि रेडियो र रडारबाट सम्पर्क टुटेको थियो ।

चीनको बोर्डर नजिकै बेपत्ता भएको सो विमान दुर्घटना भएको या चीनको आक्रमणमा परेको भन्ने जानकारी भैसकेको छैन ।

इन्डियन एयरफोर्सको अनुसार यस विमानको खोजतलास सुरु गरिएको छ ।

प्रतिकृया