इजरायलसंग ६३ अर्बको मिसाइल डिफेन्स सिस्टम किन्दै भारत

israel missile defiance

जेठ ८, नयाँ दिल्ली – भारतीय नौसेनाले आफ्नो चार जहाजको लागि इजरायलबाट मिसाइल र डिफेन्स सिस्टम खरीद गर्ने भएको छ ।

भारतीय मिडिया दैनिक भास्करको अनुसार सोको लागि इजरायलसंग ६३ करोड डलरको (करीब ६३ अर्ब रुपैया) सम्झौता भएको छ । गएको महिना  इजरायल र भारत बीच २ अरब डलरको डिफेन्स सिस्टमको सम्झौता भएको थियो ।

इजरायलको सर्फेस-टू-एयर लामो दुरीको बराक 8 मिसाइल सिस्टमलाई एक भारतीय जहाजमा गएको हप्ता सफल परिक्षण गरिएको थियो ।

बराक-8 सिस्टममा खास खुबी भएको MF-STAR (मल्टीफंक्शन सर्विलान्स एन्ड थ्रेट अलर्ट रडार) ले सुसज्जित  छ ।

यसको डाटा लिन्क वेपन सिस्टम बढीमा १०० किमीको दुरीसम्म दुश्मनको उपस्थितिलाई थाहा पाउन सक्छ र ७० किमी भित्र आक्रमण गरि ध्वस्त पार्न पनि सक्छ ।
इजरायल भारतको टप तीन डिफेन्स सप्लायर्समा एक हो ।

प्रतिकृया