अमेरिकाले अर्को एयरक्राफ्ट केरियरलाई उत्तर कोरिया नजिक पठायो

USS Ronald Reagan aircraft carrier

जेठ ५, एजेन्सी – आफ्नो दोस्रो एयरक्राफ्ट केरियरलाई अमेरिकाले उत्तर कोरिया नजिक पठाएको छ ।

त्यस क्षेत्रमा दुई एयरक्राफ्ट केरियर बिच हुन गैरहेको सैन्य अभ्यासको लागी अमेरिकी नैसेनाले युएसएस रोनाल्ड रिगन एयरक्राफ्ट केरियरलाई कोरियाली प्रायद्धिपमा पठाएको हो ।

उत्तर कोरियाले केहिदिन अघि मात्रै अहिले सम्मकै सफल रटेक मिसाइल प्रक्षपण गरेपछि अमेरिकाले आफ्नो दोस्रो एयरक्राफ्ट केरियरलाई त्यहा पठाएको हो ।

अमेरिकी नौसेनाको अनुसार जापानको योकोसुकामा मर्मत सम्भार र परिक्षण गरेपछि युएसएस रोनाल्ड रिगन एयरक्राफ्ट केरियरलाई कोरियाली प्रायद्धिपमा मंगलबार पठाएको सीएनएनले जनाएको छ ।

अमेरिकाको यस कदमले कोरियाली प्रायद्धिपमा जारी तनाव अझ उत्कर्षमा पुग्ने देखिएको छ ।

प्रतिकृया