“विकल्पको ब्यथा” (कविता)

शिर्षक: “विकल्पको ब्यथा”
~~~~~~~~~~~~~~~~~~~~~~~~~
जब
कुल्चिइन्छन् स्वभिमान हाम्रो परदेशमा,
तब
झुक्दछ शिर सगरमाथाको स्वदेशमा ।
जब
वीर गोर्खालीको पगडी गुथ्दै नेपाली लड्दछन् आवेशमा ,
तब
रणभुमी रङ्गीइन्छ नेपाली भेषमा ।।

जब
शुन्य हुन्छन् बाबाआमाका आम्दानी ,
तब
देखिन्छ भाई-भाई बिच रगतको बलिदानी।
जब
स्वदेशी श्रमले हुन्छन विदेशको बिकास
तब
नेपाली मन छटपटिन्छ खोज्दै स्वदेशको निकास।।

जब
शिक्षाका इतिहास कोरेका हातहरू भाँडा माझ्छन् कतारमा ,
तब
भक्कानो फोडी रुन्छ नेपाली विदेशी बजारमा ।
जब
भारी बोक्न दह्रा युवाहरुको अभावमा कुहिन्छन् गोलभेडाहरू बारीमा ,
तब
ज्यान जोखिम मोलेर खट्छ विदेशीको चौकिदारीमा ।।

जब
नाका बाहिरका बन्धक कोठीहरूमा बलातकृत हुन्छन चेलीहरूका सपना,
तब
अलपत्र भई भौतारिदै हुन्छ गर्दै स्वदेशको कल्पना।
जब आफ्नै घरमा बल्दछन् आगो दनदनी,
तब
विदेशी भुमीमा आगो निभाउँदै हुन्छौँ हामी फनफनी ।।

जब
फुर्तीला सोंच र कामुक जोसहरू निर्यात हुन्छन विदेशमा ,
तब
विकल्प विनाको कथा र ब्यथा जन्मदँछन नेपाली परिवेशमा ।।
~~~~~~~~~~~~~~~~~~~~~
© ज्ञानेश्वर यादव (अन्जान अविरल)
लालबन्दि,सर्लाही
९८४४२८७६०१

प्रतिकृया