मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते चौथोपटक बालोन डि’ओर उपाधि

1243638649ronaldo

मङ्सिर २८, काठमाडौँ – रियल मड्रिडका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले यस बर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।

रोनाल्डोले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्ड चौथोपटक सर्वोकृष्ट फुटबलर बन्दै जितेका हुन् ।
फ्रान्सको पेरिसमा सोमबार राती एक समारोहका बीच रोनाल्डोलाई यो अवार्ड प्रदान गरिएको थियो ।

यसपटक मेस्सी दोस्रो स्थानमा रहदा एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहन सफल भए । गतबर्ष बालोन डी’ओर अवार्डको उपाधि मेस्सीले पाँचौ पटक जितेका थिए ।

प्रतिकृया