जस्टिनको कन्सर्टमा ५० जना दर्शक बेहोस, अस्पतालमा उपचार हुदै

justin

बैशाख २८, मुम्बई – क्यानाडाका बिश्व प्रसिद्ध पप स्टार जस्टिन बीबरले भारतको मुम्बइस्थित डी.वाई स्टेडियममा बुधबार सो प्रस्तुत गरेका छन ।

उत्त सोमा जस्टिनको पर्फमेन्सबाट प्रभावित भएर सहभागीहरु मध्ये ५० जना बेहोस नै भएको आजतकले जनाएको छ, अहिले उनीहरुको निजिकैको अस्पतालमा उपचार भैरहेको छ ।
बुधबार राती आयोजना भएको उत्त कन्सर्टमा ४५ भन्दा बढी दर्शकहरु रहेका थिए । आयोजकका अनुसार जस्टिनको  सो आयोजना गर्न करिब १०० करोड भारु लागेको बताएका छन ।
साथै कार्यक्रम हुन् सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै कार्यक्रम वरपर करिब ६ सय एम्बुलेन्स पनि तैनाथ गरेर राखिएको थियो ।

प्रतिकृया