समाचार

मिस नेपाल २०१७ को उपाधि जेतेकी निकिता चन्दकलाई भारतीय झन्डा मोह

जेठ २१, काठमाडौँ – नेपालमा हुदै आएको मिस नेपाल प्रतियोगिता प्राय विवादित हुदै आएको छ । यस पटकको मिस नेपालको छनौट मधेसी समुदायबाट भएको भनिएपनि विवाद रहित भने नरहेको देखिन्छ । निर्णायकले सुन्दरता भन्दाआत्मविश्वासी प्रतियोगी निकिता चन्दकलाई मिस नेपाल २०१७

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

सोलुखुम्बु, १० जेठ । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेका छन । उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको

१९ जना भन्दा बढीको मृत्यु हुनेगरी बेलायतमा भएको आतङ्ककारी हमलाको निन्दा

काठमाडौँ, ९ जेठ । नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी

कर्मचारी सञ्चय कोषले ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउँदै

काठमाडौँ, ७ जेठ । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबमा

जेठ ६, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेबिया आइपुगेका छन । अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले पहिलो विदेश भ्रमण मध्यपुर्वी मुलुक साउदी अरेबियाबाट सुरु गरेका हुन । साउदी अरबका राजा सालमान विनले रियाद विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका थिए

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

चितवन, ६ जेठ । यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार श्ययाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ । अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि ग्लोबल टेन्डर आह्वान गरिने

काठमाडौँ, ५ जेठ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा

यि हुन अख्तियारले लालबन्दीबाट घुससँगै पक्राउ गरेका ४ जना, यसरी पक्राउ परे उनीहरु

खबरटाइम्स समाचारदाता जेठ ४, लालबन्दी (सर्लाही) –अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय जनकपुर(बर्दिवास)बाट खटिएको टोलीले सर्लाहीको लालबन्दीबाट घुस लिदालिदै ४ जनालाई पक्राउ गरेको छ । बिहिबार सर्लाहीको लालबन्दी न.पा.–७ स्थिति नमस्ते होटल एण्ड गेष्ठ हाउसबाट दुई जना शिक्षा कार्यलयका उप–सचिव, विद्यालय प्रधानाध्यापक

कालिका–११ मा मतदान सुरु, दलितमा उम्मेदवारी नै परेन

रत्ननगर (चितवन), २ जेठ । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नं ११ मा मतदान सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, शङ्खरापुरमा एमालेको अग्रता

काठमाडौँ, १ जेठ । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गर्नुभएको छ ।