विश्वलाई आतंकित बनाईरहेको साइबार आक्रमण उत्तर कोरियाबाट भएको हुनसक्ने

sd-5-facts-global-ransomware-cyberattack-wannacry-20170515
बैशाख २, काठमाडौ – हालै मात्र विश्वभर एकसाथ भैरहेको साइवर आक्रमणले गर्दा अहिले विश्वका धेरै मुलुकहरु आतंकित बनेको स्थिति छ ।

विश्वलाई नै आतंकित तुल्याउने गरी भैरहेको यस्तो साइवर आक्रमण कसले र कहाँबाट भयो भन्ने आम चासो विषय बनिरहेको छ ।

गएको शुक्रबारबाट १५० वटा देशहरुमा ३ लाख भन्दा कम्प्युटर सिस्टममा भएको सो साइवर आक्रमण उत्तर कोरियाबाट भएको हुनसक्ने जानकारीमा आएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

लाजारुस ग्रुपले बनाएको भनिएको वानाक्राइ कोड र मालवेयर र हालै सिस्टममा आक्रमण भएको कोड समान रहेको सुरक्षा विदहरुले जनाएका छन ।

गुगल अनुसन्धानकर्ता निल मेहेताको अनुसार सो कोड समान भएको बताएका हुन ।

लाजारुस ग्रुप उत्तर कोरियाको साइवर आक्रमण समुह हो, जसले सन २०१४ मा जापानी कम्पनी सोनी पिक्चर्सको सिस्टममा आक्रमण गरेको थियो ।

कम्प्युटर सिस्टममा आक्रमण गरेपछि आफ्नो सिस्टम पुनः संचालन गर्नको लागी ह्याकरले ३०० डलर विटक्यानको माध्यमबाट भुक्तानी गर्नुपर्ने माग राख्ने गर्दछ ।

विन्डोज अपरेटिङ सिस्टमका पुराना भर्सनहरुलाई ह्याकरहरुले निशाना बनाउँदा विश्वभर ३ लाख भन्दा बढी कम्प्युटरहरु प्रभावित भएका छन्।
माइक्रोस्फटका प्रमुख कानुनी अधिकृत ब्राड स्मिथले ग्राहकहरुले आफ्ना अपरेटिङ सिस्टम समायानुकुल नबनाउँदा मालवेयर फैलन पाएको बताएकाछन ।

प्रतिकृया