ओबिओआर परियोजनामा चीनले १२७ अर्व डलरको लगानी गर्ने

xi

जेठ १, बेइजिङ – वान बेल्ट वान रोड (ओबिओआर) को परियोजनामा चीनले १२७ अर्व डलरको लगानी गर्ने भएको छ ।

आइतबार चीनको बेइजिङमा आइतबार ओबिओआरकोे उदघाटन समारोहमा चिनिया राष्ट्रपति सी जिनपिङले उक्त घोषणा गरेका हुन ।

व्यापार आर्थिक विकाशको मेरुदण्ड रहेको भन्दै उक्त सम्मेलनमा जिनपिङले भने – “व्यापार आर्थिक विकाशको महत्वपूर्ण इन्जीन हो ।”

चिनिया राष्ट्रपति सि जिनपिङले अघि सारेको महत्वकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर)कोे उदघाटन समारोह आइतबार देखि चीनमा सुरु भएको छ ।

पहिलो पटक आयोजना भएको यस सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन देखि ६५ वटा भन्दा वढि मुलुकका २८ जना भन्दा वढी राष्ट्रप्रमुखको सहभागिता रहेको छ ।

चीनको बेइजिङमा आइतबार र सोमबार गरी दुई दिन सम्म चल्ने यस सम्मेलनमा नेपालको पनि सहभागिता रहेको छ । अमेरिकाले पनि सहभागिता जनाएको भनिएको ओबिओआर सम्मेलनमा भारतले सहभागिता न्युन देखिएको छ ।

वान बेल्ट वान रोड अवधारण विश्वका ६५ वटा भन्दा वढि मुलुकलाई रेल, सडक, समुन्द्र मार्गको माध्यमबाट जेड्ने महत्वकांक्षी परियोजना हो । यस परियोजनामा सहकार्य गर्न दक्षिण एसियाली मुलुक नेपाल, पाकिस्तान र जहासम्म श्रीलंकाले पनि हस्ताक्षर समेत गरिसकेको छ ।

प्रतिकृया