निर्वाचनलाई लक्षित गर्दै हवाई यात्रुलाई पर्यटक बस

himalayan air

काठमाडौँ, ३१ वैशाख । नेपाल पर्यटन बोर्डले हवाईमार्ग भएर आउने यात्रुलाई पर्यटक बसको व्यवस्था गरेको छ ।

निर्वाचनलाई लक्षित गर्दै बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रु तथा पर्यटकका लागि पर्यटक बस सञ्चालन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानका दुवै यात्रुलाई यो सुविधा दिइएको छ ।

विमानस्थलदेखि मुख्य पर्यटकीय गन्तव्यका तीनवटा रुटमा बस सञ्चालन गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले राससलाई जानकारी दिए ।

उनका अनुसार विमानस्थलदेखि दरबारमार्ग, ठमेल, सोल्टीहोटल र कुपण्डोल, पाटनसम्म पर्यटक बस गुडिरहेका छन् । बिहान पहिलो उडानदेखि सुरु भएको यो सेवा राति अबेरसम्म जारी रहनेछ । यात्रुको चापअनुसार बस व्यवस्था गरिएको र एकतर्फी भाडा रु ३०० तोकिएको बोर्डले जनाएको छ ।

निर्वाचनका दिन आज यातायातका साधन नचल्ने भएकाले पर्यटकको सुविधालाई मध्यनजर गर्दै बोर्डले पर्यटक प्रहरीसँग समन्वय गरी पर्यटक बस चलाएको हो । रासस

प्रतिकृया