फेसबुक प्रयोगकर्ता २ अर्बको नजिकमा, आम्दानीमा पनि बृद्धि

_87964172_gettyimages-187265715

बैशाख २२, बिबिसी – झन्डै दुई अर्ब प्रयोगकर्ता भएपछि यसवर्षको पहिलो ३ महिनामा फेसबुकको कमाईमा पनि बृद्धि भएको छ ।
कम्पनीको भनाई प्रत्येक महिना १.९४ विलियन मानिसले फेसबुकको प्रयोग गर्छन भने दैनिक १.३ विलियनले प्रयोग गर्छन ।

द युस टेचको रिपोर्ट अनुसार फेसबुकको पहिलो त्रैमासिकमा नाफा ३ विलियन भन्दा माथि गएको छ, जुन यस वर्षमा ७६ प्रतिशतको बृद्धि हो ।
तर रिपोर्टले भविश्यमा आयमा कमि आउन सक्ने आकालन पनि गरेको छ ।

वुधाबार मात्रै फेसवुकमा संस्थापक मार्क जुकरबर्गले लाईभ भिडियोमा अमानविय कार्य बढेको भन्दै त्यसलाई रोक्न ३ जहार कर्मचारी थप्ने जनाएका छन ।

फेसबुक विश्व मै धेरै प्रयोग गरिने सामाजिक संञ्जाल हो जहा संसारभरीको करिब एक चौथाई मानिसले प्रयोग गर्छन ।

प्रतिकृया