चीन युद्धक जहाज र मिसाइल सहित अमेरिकी सेनासंग सामना गर्न तयार

न्युयोर्क टाइम्स, दलीयान, चीन

भदौ १४, २०७५ – गएको अप्रिलमा चिनिया नौसेनाले आफ्नो ६९ औं स्थापना दिवस मनायो ।

आफैले निर्माण गरेको पहिलो युद्धक बाहक जहाज सहित दलीयान शहरको बोहई समुन्द्रमा चिनिया सेनाले आफ्नो स्थापना दिवस मनाएको थियो ।

एउटा सैनिक समाचार प्रकाशन गर्ने वेबसाइटले चीनको तीन प्रतिद्वन्दी देशको रुपमा चित्रण गर्दै समाचार लेखेको छ “अमेरिका, जापान र भारतसंग सामना गर्न चीनको आफैले निर्माण गरेको पहिलो युद्धक बाहक जहाज  संचालनमा आएको छ ।”

जब चीन आफ्नो शक्तिलाई बिश्वभरि नै बढाउदै लगिरहेको छ, यसले अमेरिकाको प्रभुत्व रहेको ठाउहरुमा अबश्य असर पर्न सक्छ, जसमा साउथ चाइना सी र ताइवानको समुन्द्रीमा पनि पर्छ ।

यसको अर्थ प्यासिफिक समुन्द्री क्षेत्रमा त्यसको प्रभाब परिरहेको छ जहाँ दोश्रो बिश्व पछि अमेरिकाले एकलौटी तरिकाले संचालन गर्दै आइरहेको थियो ।

एक विश्लेषकको अनुसार प्यासिफिक समुद्र क्षेत्रमा चीनले आफ्नो सैनिकीकरणको विस्तार गरेर  अमेरिकी शक्तिलाई हराउन सक्ने उदेश्य प्राप्त गरिसकेको छ र अब हस्तक्षेप गर्दा अमेरिकाले ठुलो मुल्य चुकाउनु पर्न सक्छ ।

यसको लागि चीनले उत्त क्षेत्रमा राडर, स्याटेलाइट र मिसाइल क्षमताको विकास गरिसकेको छ  ।

इन्डो- प्यासिफिकका नया कमान्डर फिलिप एस. डेबिटसनले सिनेटमा बुझाएको रिपोर्टमा लेखिएको छ “साउथ चाइना सीलाई आफ्नो नियन्त्रणमा राख्नको लागि अमेरिकासंग जुनसुकै खाल्को युद्ध लड्न पनि चीन अब सक्षम भैसकेको छ ।”

(न्युयोर्क टाइम्सबाट नेपालीमा अनुबाद गरिएको)

प्रतिकृया