मिस नेपाल २०१७ को उपाधि जेतेकी निकिता चन्दकलाई भारतीय झन्डा मोह

Nikita
जेठ २१, काठमाडौँ – नेपालमा हुदै आएको मिस नेपाल प्रतियोगिता प्राय विवादित हुदै आएको छ । यस पटकको मिस नेपालको छनौट मधेसी समुदायबाट भएको भनिएपनि विवाद रहित भने नरहेको देखिन्छ ।

निर्णायकले सुन्दरता भन्दाआत्मविश्वासी प्रतियोगी निकिता चन्दकलाई मिस नेपाल २०१७ चुनेको आकलन गरिएपनि उनी भने भारतीय झन्डामा मोह रहेको पाइएको छ ।

निकिताको एक तस्बिरमा ”सपोर्ट डिजिटल इन्डिया” लेखिएको फोटो सामाजिक संजालमा भाइरल बन्दै गएको छ ।
सामाजिक संजाल फेसबुकमा एक तस्बिरमा उनले २०१५ सेप्टेम्बेर २८ का दिन प्रोफ़ाईन फोटो बनाएकी छिन । जुन फोटोमा उनलाई भारतीय झण्डाले घेरेको प्रष्ट देखिन्छ ।

मिस नेपाल जस्तो गरियामय उपाधि हात पारेका निकिता चन्दक अन्य मुलुकको झन्डाप्रति मोह हुनु सकारात्मक पक्ष भने पक्कै हैन ।

जसले गर्दा बिगत देखि नै सामाजिक क्षेत्रमा सक्रिय रहेकी र यस बर्षको मिस नेपालको दाबेदारको रुपमा हेरिएको नीति शाहलाई मिस नेपालको उपाधिबाट बन्चित गरिनुले मिस नेपाल आयोजक द हिडन ट्रेजर र निर्णायक प्रति शंका गर्ने ठाउँ भने पक्कै छ ।

ktr

प्रतिकृया