यि हुन अख्तियारले लालबन्दीबाट घुससँगै पक्राउ गरेका ४ जना, यसरी पक्राउ परे उनीहरु

20170518_152959

खबरटाइम्स समाचारदाता

जेठ ४, लालबन्दी (सर्लाही) –अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय जनकपुर(बर्दिवास)बाट खटिएको टोलीले सर्लाहीको लालबन्दीबाट घुस लिदालिदै ४ जनालाई पक्राउ गरेको छ ।

बिहिबार सर्लाहीको लालबन्दी न.पा.–७ स्थिति नमस्ते होटल एण्ड गेष्ठ हाउसबाट दुई जना शिक्षा कार्यलयका उप–सचिव, विद्यालय प्रधानाध्यापक र अध्यक्ष गरी ४ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला शिक्षा कार्यलय सर्लाही मलंगवाका उप–सचिवद्धय बासुदेव तिमल्सीना र रामहरी वराल त्यसैगरी जनज्योति उ.मा.वि लालबन्दीका प्रधानाध्यापक बिष्णु पोखरेल र सोही विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाद न्यौपाने रहेको छन ।

20170518_152953

उनीहरुले जनज्योति उ.मा.विमा शिक्षक दरवन्दी कोटाको लागी सोही विद्यालयका शिक्षक सिपी पौडेललाई ४ लाख घुस मागेका थिए ।
सो रकम पुर्याउन होटलमा बिहिवार विहान पुगेका शिक्षक पौडेलसँगै सुचनाको आधारमा पहिले नै होटलमा पुगेका अख्तियारको टोलीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

सर्लाही कै सर्वश्रेष्ठ र आर्थिक हिसाबले पनि मजवुद सामुदायिक विद्यालयमा गनिने लालबन्दीमा रहेको जनज्योति उच्च माध्यामिक विद्यालयमा यस्ता खाल्का भ्रष्टचारका घटनाहरु धेरै हुदै आएपनि यो पटक भने अध्यक्ष र प्रधानाध्यापक अख्तियारको फन्दामा परेका हुन ।

नेकपा एमाले तर्फबाट रहेको जनज्योति उ.मा.वि.का अध्यक्ष बनेका लालबन्दीबासी इन्द्र प्रसाद न्यौपानेले विद्यालयमा धेरै हिनामिना गर्दै आएको हुनसक्ने यहाका स्थानियहरु बताउछन ।

20170518_153001

जानकारीको अनुसार लालबन्दी नै घर भएका अर्का पक्राउ पर्ने बासुदेव तिमल्सीनाले पनि जिल्ला शिक्षा कार्यलय मलंगवामा रही धरै शिक्षकहरुको दरबन्दी, तलब भुक्तानी आदिमा बर्षौ देखि भष्टचार गर्दै आएको एक पिडित शिक्षकले बताए ।

बिहिबार बिहानै होटलबाट पक्राउ परेको उनीहरुलाई दिउसो ३ः३० बजे तिर अख्तियारको कार्यलय जनकपुर तिर लगिएको छ ।

उक्त घटना हेर्न धेरै मात्रमा जम्मा भएका स्थानियहरुले ‘भ्रष्टचारी मुर्दाबाद’ भन्दै नाराबाजी समेत गरेका थिए ।

20170518_150204

प्रतिकृया