पहिलो चरणको निर्वाचनमा अवरोध गर्दैनौ : महतो

Rajendra Mahato

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो दलले अवरोध नगर्ने बताएका छन ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार निर्वाचन भएकाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताउँदै मुलुकमा आवधिक निर्वाचनको सुनिश्चितताका लागि सबै दलले निर्वाचनमा सहभागिता जनाउनुपर्ने विचार व्यक्त गरे ।

उनले आगामी जेठ ४ गतेसम्म संविधान संशोधन नभए राजपाले तराई–मधेसमा कुनै पनि निर्वाचन हुन नदिने बताउँदै राजपका नेता तथा कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता लिनाका साथै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग गरे । उहाँले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाए पनि अहिलेसम्म पारित नगराइएकामा दुःख व्यक्त गर्दै तोकिएको समयमा संविधान संशोधन नभए सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए । रासस

प्रतिकृया