डोनाल्ड ट्रम्पको यी सुन्दर छोरीसंग कफी पिउन ५० लाख तिर्नु पर्ने

trump-ivanka-tiffany-cove

५० लाख रुपैया खर्च गरेमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको छोरी इभान्का ट्रम्पसंग कफी पिउन सकिने भएको छ।

इभान्काले आफुसंग कफी पिउनको लागि एक अनलाइन मार्फत लिलामी गरेपछि सो कुरा सम्भब भएको हो । ५ डिसेम्बरबाट ५ हजार डलरबाट सुरु भएको सो लिलामी रकम अहिले सम्म ५० हजार डलर (करिब ५० लाख रुपैया) पुगेको छ ।

लिलामी जित्ने व्यक्तिसंग इभान्का २०१७ मा कफी डेटमा जानेछिन् । डेटमा उनी बिजेतासंग  ३५-४० मिनेटको समय बिताउने छिन् ।

इभान्काले यस कफी डेटबाट उठ्ने रकम व्यक्तिगत खर्चको लागि नभई उनको आफ्नो भाइ एरिकको च्यारटि संस्थाको सहयोगको लागि गरेकी हुन ।

प्रतिकृया