दुइ आमा र एक बुवाबाट जन्मियो संसारमा पहिलो पटक तिन व्यक्तिको एक शिशु

_91401755_0e4a5ed7-d850-443b-9a75-2d3f10b5251e

असोज १२, एजेन्सी –   संसारको एक यस्तो बच्चा जन्मिएको छ जसको आमा बुवा तिन जना रहेका  छन । मेक्सिकोमा दुइ महिला र एक पुरुषको डीएनएको प्रयोगबाट एक बालकले जन्म लिएको हो  ।

अमेरिकाको बैज्ञानिकहरुले तिन मानिसको डीएनएबाट सो सफलता प्राप्त गरेको न्यु साइनटिस्ट म्यागजिनले मंगलवार खुलासा गरेको हो  ।

यस कार्यमा संलग्न अमेरिका डाक्टर जान झेन्गका अनुसार यस प्रकियाको लागि अमेरिकी कानुनले नदिने भएको हुदा मेक्सिकोमा गएर डाक्टर झेन्गको टिमले यो सफलता हासिल गरेको हो  ।

खबरको अनुसार जोर्डनमा रहेकी एक महिलाको जीनमा ली सिड्रोम डिसअर्डर रोग रहेको थियो जसले गर्दा उनीबाट जन्म भएको बच्चामा पनि त्यो रोग  सर्ने गर्दथ्यो ।

यी महिलाबाट उनको परिवारले यस रोगबाट पहिले पनि चार गर्भपात र दुइ बच्चाको मृत्यु भएको समस्या झेली सकेका थिए ।

तर यसपटक भने दोश्रो महिलाको पनि सहयोगले रोग मुक्त शिशुको जन्म लिनको लागि वैज्ञानिकहरुले चरणबद्ध तरीकाले सफलता मिलेको हो ।

पहिलो चरणमा वैज्ञानिकहरुले खराब माइटोकन्ड्रिया भएको आमाको अन्डाणुबाट केन्द्रक (न्यूक्लियस)लाई निकालेर सुरक्षित राखे ।

दोश्रो चरणमा उनीहरुले  दाता(दोश्रो) आमाको स्वच्छ  माइटोकन्ड्रिया भएको कोशिकाको केन्द्रक हटाई दिए ।

तेश्रो चरणमा दाता आमाको अन्डाणुमा वास्तविक आमाको केन्द्रक स्थापित गरि दिए । यस प्रकारले दुइ आमा र एक पिताको जीनहरु मिलेर शिशुको जन्म भएको हो ।

यसरी दुइ आमा र एक बुवाबाट संसारमा नै पहिलो पटक एक शिशुले  जन्म लिएको हो ।

प्रतिकृया