महिला बिना नै दुइ पुरुष मिलेर बच्चा जन्माउन सकिने, वैज्ञानिकहरुको यस्तो छ नयाँ खोज

woman deliver

असोज १, एजेन्सी – बच्चा जन्माउन अब महिला र पुरुषको आवश्यक नपर्ने भएको छ । वैज्ञानिकहरुले गरेको एक खोज र अनुशन्धानबाट यो कुराको पुष्टि भएको  हो । अब दुइ पुरुष मिलेर पनि बच्चा जन्माउन सकिने नयाँ खोजको पत्ता लागेको छ।

अहिले पुरुषको शुक्रकीट(शुक्राणु) र महिलाको डिम्ब(अन्डाणु)को मिलन भएपछि गर्भधारण भएर एक बच्चाको जन्म हुन्छ  तर नयाँ खोजमा  महिलाहरुको अन्डाणुहरु बिना पनि बच्चा जन्माउन सकिने वैज्ञानिकहरुले बताएका छन  ।

उनीहरुले पुरुषको शुक्रकीटबाट मात्रै स्वस्थ बच्चा जन्माउन सकिने तथ्यको सफलता हासिल गेरको बिबिसीले जनाएको छ ।

_91176637_c0206627-sperm_and_ovum_artwork-spl

नेचर कम्युनिकेशन जर्नलमा छापिएको वैज्ञानिकहरुको शोधबाट के प्रमाणित हुन् आएको छ भने भबिष्यमा महिला बिना नै बच्चा जन्माउन सकिन्छ    ।

बाथ यूनिभर्सिटीको वैज्ञानिकहरुले अन्डाणु बिना यस प्रयोगको सुरुवात गरेका थिए । उनीहरुले रसायनको प्रयोग गरेर एक नक्कली भ्रूण बनाए  । यस ‘नक्कली भ्रूण’ को धेरै गुण आम कोशिकाहरु जस्तो र छालाको कोशिकाहरुको जस्तो विभाजित हुन्थ्यो र आफ्नो डीएनएलाई नियन्त्रण गर्थ्यो ।

ramro-market-1

शोधकर्ताहरुको अनुसार सो नक्कली भ्रूणमा  मुसाको शुक्राणु हालेर मुसाको स्वस्थ्य बच्चाहरु जन्माउन सकियो भने मानिसको पनि महिलाको अन्डाणु बिना पुरुषको भ्रूणहरुबाट मात्रै पनि बच्चाहरु जन्माउन सकिन्छ ।

_91174884_baby

अब एकले शुक्राणु र दोश्रोले आफ्नो शरीरको कोशिका दिएर बच्चा जन्माउन सकिन्छ ।

भन्नुको अर्थ महिलाको अन्डाणु बिना एक पुरुषले शुक्राणु (शुक्रकीट) र अर्को पुरुषको कोशिका दिएर दुइ पुरुष मिलेर सजिलै बच्चा जन्माउन सकिन्छ ।

प्रतिकृया