यी हुन् प्याज सेवनका ७ फाईदा

जेठ २१ ।तापक्रममा वृद्धि भए संगै सुर्यको प्रकाश छालाको भित्रि भागसम्म पुग्छ । त्यसो त घामबाट बचाउन धेरै फलफुल र खानेकुरा हुने गर्छन । त्यस मध्येको एक महत्वपुर्ण खानेकुरा हो प्याज । प्याजले स्वास्थ्यमा धेरै फाइदा गर्छ ।

onion

१.यौन दुर्वलता भएकाहरुका लागी प्याज औषधी नै मानिन्छ । लसुनले जस्तै प्याजले पनि यौन रुचिमा वृद्धि गराउँछ । प्याजमा यही गुण हुने भएकाले आफुलाई यौन असक्तिबाट टाढै राख्न यसलाई जुठो भनेर प्राय ः वृद्धवृद्धाले प्याज खाँदैनन् । अर्थात् धार्मिक अवसरमा प्रयोग गरिदैन ।

२.यसले कपाल झर्न पनि रोक्छ । तपाइको निरन्तर कपाल झर्छ भने नुहाउनुभन्दा केही घण्टा अगाडी प्याज काटेर त्यसलाई पेष्ट बनाई टाउकोमा दल्नुहोस् । यसले कपालको जरा बलियो बनाई झर्नबाट रोक्छ ।

३.रातो प्याजमा क्यूरसेटिन नामको रसायन हुन्छ । जसले ग्यास्ट्रिकबाट पनि बचाउँछ । प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ । प्यजमा विभिन्न पोषणतत्व हुन्छ । जसले हामिलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ । यसले अनुहारको चमक बढाउँछ ।

४.लन्चको समयमा प्याजलाई सलादका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ । जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ ।

५.नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ ।नियमित रुपमा खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ । प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितलता प्रदान गर्छ ।

६.त्यस्तै प्याजलाई ज्वरो आउँदा पनि प्रयोग गर्न सकिन्छ । हनहनी ज्वरो आउँदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ । प्याजलाई हल्का पानीमा डुभाएर निधार पाइताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ ।

७.गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तिन टुक्रा बनाउनुहोस् र बेस्सरी नस लिनुहोस् वा सुँग्नुहोस् । नाकबाट रगत आउन छोड्छ ।

प्रतिकृया