यी हुन् बदाम सेवनका १५ फाईदा

जेठ २०, काठमार्डाैं । बदाम प्राय सबैलाई मन पर्छ । बदाम मिठो हुनका साथसाथै यसका थुप्रै फाइदाहरु पनि छन् । बदाममा आइरन, क्याल्सियम, भिटामिन, जिंक, नियासिन, फोलेट जस्ता पोषक तत्व पाइन्छ । पोषण विशेषज्ञहरुका अनुसार दैनिक एक मुठ्ठी बदाम खाने हो भने कैयन फाइदा मिल्छ । यस्तै बदाम खानुका थुप्रै फाइदाहरु छन जसले हाम्रो स्वास्थ्य लाभ गराउँदछ । जान्नुहोस बदाम खानुका १५ फाइदाहरु :

badam

१. बदाममा फ्याटी एसिड पाइन्छ जसले गर्दा वजन बढाउन मद्दत गर्छ ।

२. बदाममा पर्याप्त मात्रामा प्रोटिन हुन्छ, जसले मशल्स बनाउने तथा मजबुद् बनाउने गर्दछ ।

३.बदाममा भिटामिन, मिनरल, एन्टिअक्सिडेन्ट तथा इनर्जीको मात्रा पर्याप्त हुन्छ । बदामको सेवनले शरिरलाई आवश्यक उर्जा प्राप्त हुन्छ ।

४. बदाममा रहेको पोलि फिनालिक एन्टिअक्सिडेन्टले पेटको क्यान्सरको खतरा कम गर्छ ।

५. बदाममा भिटामिन ‘ई’ को मात्रा पर्याप्त हुन्छ । यसले छाला र कपाललाई स्वस्थ बनाउन र यसमा चमक ल्याउन मद्दत गर्छ ।

६. बदाममा पोटाशियम, कपर, क्याल्सियम, म्याग्निसियम, आइरनजस्ता पोषक तत्व हुन्छ । सोही कारणले यसले शारीरिक प्रणालीलाई मजवुद् बनाएर रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ ।

७. अनुसन्धानहरुबाट पुष्टि भइसकेको छ कि दैनिक बदाम खानाले पित्त थैलीको पत्थरी २५ प्रतिशत सम्म कम हुन्छ ।

८.बदाममा पर्याप्त मात्रामा म्याग्निज हुन्छ । जसका कारण यसले सुगर लेभलाई कन्ट्रोल गर्न र मधुमेहबाट बच्न सघाउँछ ।

९.यसमा नायसिन नामक तत्व पनि पाइन्छ । जसले मस्तिष्कलाई स्वस्थ बनाउन र स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

१०. बदाममा सोडियम कम मात्रामा हुन्छ, त्यसैले दैनिक बदाम खानाले ब्लड प्रेशर कन्ट्रोल हुन्छ ।

११. यसमा एन्टिअक्सिडेन्ट पर्याप्त पाइन्छ । जसले बढ्दो उमेरको असरलाई कम गरेर लामो समयसम्म जवान देखिन मद्दत गर्छ ।

१२.बदाम खानाले मस्तिष्कमा केही यस्ता क्याल्सियम पुग्छन्, जसले डिप्रेशनको खतरा कम गर्छ ।

१३. यसले ब्लड प्रेशर कन्ट्रोल गर्नेमात्र होइन, हार्टअट‍्याकको खतरा पनि टार्छ ।

१४. बदाममा पाइने क्याल्सियमले हड्डीलाई मजबुद् बनाउन सघाउँछ ।

१५. बदाममा पर्याप्त मात्रामा आइरन पाइन्छ । जसले रगत बढाउन सहयोग गर्छ ।

( क्भभ mयचभ बतस् जततउस्ररधधध।कबवजबउयकत।अयmरद्दण्ज्ञटरण्छरघण्रघढटटघ।जतm३िकतजबकज।ख्चबडदथ्ठी।मउगा

प्रतिकृया