‘सभापति देउवा भारतीय दलाल बन्दा पार्टी सकिने भो’

काठमाडौं, वैशाख २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति छिमेकी राष्ट्र भारतको गोटी बन्दा पार्टी सकिने सम्भावना बढेको बताएका छन् ।

prakash-man-singh-550x372

सभापति देउवा सरकार ढाल्न असफल भएपछि नेता सिंहको नेतृत्वमा राजधानीमा भएको भेलामा बोल्दे सिंहले देउवाले भारतको निर्देशन मान्दा पार्टी सकिने अवस्थामा पुगेको बताएका हुन् । ‘पार्टी हामीले चलाउने हो, भारतले होइन, सभापति देउवाले भारतको निर्देशन मान्दा पार्टी सकिने अवस्थामा पुग्यो’ सिंहले भने ।

बैठकमा कांग्रेस सभापति सीतादेवी यादव लगायतका प्रभावशाली नेताहरुको उपस्थिती रहेको थियो । बैठकले देउवाका कारण पार्टी सकिने खतरा बढेको भन्दै पार्टी बचाउन लागि पर्ने निर्णय समेत गरेको छ । देउवा एकपक्षीय ढंगबाट अघि बढ्दा यो अवस्था आएको भन्दै उनीहरुले शुक्रबार देउवाको ध्यानाकर्षण नै गराएका छन् ।

प्रतिकृया