‘दिल्लीमा पुगेर नेपालको हित विपरीत सहमति गर्नेलाई देशबाट लखेटिन्छ’

काठमाडौं, वैशाख ९ । एमाओावदी अध्यक्ष प्रचण्डले दिल्लीमा गएर राष्ट्र हित विपरीत गोप्य सहमति तथा सम्झौता गर्नेलाई देशबाट लखेट्पर्ने बताएका छन् ।  सरकार ढाल्ने खेल खेल्न कांग्रेस सभापति शेरबहादुर देउवा दिल्ली गएर अनेक सहमति गरेको खुलासा भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अन्य माओवादी नेताहरुको बीचमा उनले नेपाली जनताको आकांक्षा विपरीत सहमती र सम्झौता गर्नेलाई देशबाट लखेट्नुपर्ने बताएका हुन् ।

prachanda

प्रचण्डले दिल्लीमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका शीर्ष नेताको चाकरी गरी देशमा आन्दोलन चर्काउनेखि हिन्दु राज्य स्थापनासम्मको माग उठाउनेलाई देशबाट लखेट्नुपर्ने र त्यसका लागि जनतालाई सुसुचित गर्नुपर्ने बताएका हुन् ।

भारतको राजधानी नयाँदिल्लीमा वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्धको जमघटमा कांग्रेस सभापति शेरबहादुर देउवा, भारतका शीर्ष नेता, कांग्रेस नेता खुमबहादुर खड्का र अमरेशकुमार सिंह सहभागी भएका थिए ।

केपी ओली नेतृत्वको सरकारले भारतको चाहना अनुसार काम गर्न नसकेको भन्दै भारतले विभिन्न बहानामा नेपालमाथी नाकाबन्दी लगाउनुका साथै संविधानको स्वागत समेत गरेका छैनन् ।

ओली सरकारले उसको चाहना बमोजिम काम गर्न नसकेपछि दिल्लीले सरकार परिवर्तनको भित्री खेल समेत खेलेको दिल्ली स्रोतले बतायो । भेलामा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव एस जयशंकरलाई प्रतिनिधिका रुपमा पठाएका थिए ।

प्रतिकृया